देवघाट, मंसिर १७
देवघाट गाउँपालिकाको आयोजना एवं जिल्ला प्रशासन कार्यालय तनहुँको सहजिकरणमा सोमबार देवघाटमा उपभोक्त अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले उपभोक्ता अधिकार नागरिकको संबैधानिक अधिकार भएको हुँदा सबैले उक्त अधिकारको सम्मान गर्नुपर्ने बताए ।
देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता भएको उक्त कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गराज सुवेदीले उपभोक्ता अधिकारको बारेमा सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल गाउँपालिकाका विभिन्न वडाका उद्योगी, व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।