घिनाटार–टाउनचोक सडकमा कालोपत्र सुरु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २९

देवघाट गाउँपालिका–५को घिनटार–टाउनचोक–देवपुर सडकमा कालोपत्र सुरु भएको छ । निर्माण कम्पनीले शनिबार दिउँसोदेखी उक्त सडकमा कालोपत्र सुरु गरेको हो ।

निर्माण सम्पन्न गर्नु पर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको हो । सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि देवघाट गाउँपालिकाले निर्माण व्यवसायीलाई पटक पटक पत्र पठाई समयमै काम सक्न ताकेता गरेको थियो ।

उक्त घिनाटार–टाउनचोक–देवपुर मार्ग स्तरोन्नती योजना अन्तर्गत जिएमआर कन्ट्रक्सन प्रा.लि माडी चितवनसँग सडक कालोपत्रे र पक्की नाला निर्माण कार्यका लागि २०७९ पुस १७ गते सम्झौता भएको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीको उक्त योजनाकोलागि बजेट बिनियोजन भएको थियो ।

१५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग सम्झौता भएको थियो । उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल