माघ महिनाभर देवघाटधाममा महा–महोत्सव हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

नेपालको मध्यभागमा पर्ने हिन्दुहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा माघ महिना भर देवघाटधाम महा–महोत्सव हुने भएको छ । प्रसिद्ध कथा वाचक इश्वरकृष्णजी महाराजको संकल्पमा माघ महिनाभर देवघाटधाममा महा महोत्सव हुने भएको हो ।

उक्त अवसरमा ऐतिहाँसिक मकर मेला तथा देवघाट दिव्यध्यानको शिलान्यास हुनेछ । देवघाटधाम स्थित माता पिता सेवा आश्रमको परिसरमा हुने उक्त महा–महोत्सव अवधिभर ३३ कोटी देवी देवताको नाममा ३३ करोड दिप प्रज्वलनको मुख्य कार्यक्रम रहेको छ ।

उक्त महा–महोत्सवमा देश विदेशका सुप्रसिद्ध कथा वाचकहरुद्वारा कथा वाचनको कार्यक्रम रहेको छ । देवघाटधामको धार्मिक महत्वलाई देश बिदेश सम्म पु¥याउने, सनातनी धर्मावलम्बीहरुमा देवघाटधामको महत्व बुझाउने तथा निर्माणाधिन माता पिता आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त महा–महोत्सव आयोजना गरिएको जनाईएको छ ।

पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले देवघाटधामको निकै महत्व छ । साना–ठूला नदीका साथ मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी, कृष्णागण्डकी र गोसाइँकुण्डबाट आएकी त्रिशुली नदीको संगम भई मनोरम प्राकृतिक दृश्य बनेको यस क्षेत्रलाई पुराणहरुमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ वा चक्रतीर्थ आदि नामले चिनिन्छ ।

समुन्द्री सतहदेखि २०० देखि ५७५ मिटरसम्मको उचाइमा रहेको समशीतोष्ण हावापानी भएको यस क्षेत्रलाई सृष्टिको बिहानीदेखि देवताहरुले र हिन्दू संस्कृतिका संवाहक मुनि महर्षिहरुले आफ्नो कर्म र साधनाको भूमिको रुपमा उपयोग गरिआएको प्रसङ्ग पुराणहरुमा पाइन्छ ।

वर्तमानमा पनि देवघाटधाममा धेरै सन्त, महात्मा तथा साधकहरुले साधनामय जीवन विताइरहेका छन् भने धेरै गुफा, मठ, मन्दिर, साधनाकुटी, आश्रम तथा शिक्षालयहरुले यहाँको गौरव बढाइरहेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व पुराणहरुमा देवघाटधामलाई सबै तीर्थहरुमा श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने तीर्थको रुपमा वर्णन गरिएको छ ।

वराहपुराण, स्कन्दपुराण, भागवत् आदिमा यस तीर्थको ठूलो महत्व उल्लेख भएको पाइन्छ भने वराहपुराणको भनाई अनुसार यहाँ देवताहरु अटन (भ्रमण) गर्ने भएकोले यस क्षेत्रलाई देवाट वा देवघाट भन्ने नामाकरण भएको पाइन्छ । यस तीर्थमा स्नान गर्नाले ठूलो पुण्य प्राप्त हुन्छ । यस क्षेत्रमा कालगतिले जसको मृत्यु हुन्छ त्यसलाई सायुज्य मुक्ति प्राप्त हुन्छ । यस पुण्यभूमिमा गरेको जप, पाठ, पूजा, हवन, दान तथा श्राद्ध आदि कर्मको फल अक्षय हुन्छ र धोरै गरेपनि धेरै फल प्राप्त हुन्छ । यहाँ पाइने शालिग्राम शिलाहरु देवताका रुप हुन् भने यहाँको जल अमृत समान हो । अत यो भूमि देवभूमि, तपोभूमि वा पुण्यभूमिको रुपमा प्रख्यात छ ।

यस्तै महत्व बुझेर वशिष्ठ, विश्वमित्र, यज्ञवल्क्य जनक, सीता आदि हजारौं महापुरुषहरुले यहाँ आई तपस्या गरे । रामले अश्वमेध यज्ञ गरेको र सीताजीको विलय भएको ठाउँ यही हो भन्ने भनाई प्रसिद्ध छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीं आएर तपस्या गरेको तथ्य इतिहासमा पाइन्छ । यस्ता अनेकौं ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक तथ्यसँग जोडिएको छ देवघाटधाम ।

देवघाटधाममा अन्य पर्वहरुमा (एकादशी, पूर्णिमा, संक्रान्ति, ग्रहण आदि) सधै मेला लाग्दछ । त्यसमा पनि माघे संक्रान्तिमा ठूलो विशेष मेला लाग्ने गर्दछ । यस दिनमा देवघाटका सबै मठ, मन्दिरहरुमा भक्तजन पूजा–आजा, भजन–कीर्तन, दान–पुण्य, आदिमा व्यस्त रहन्छन् । देश–विदेशबाट आउने भक्तजनहरुको ठूलो भीड लाग्दछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । ज्योतिषको गणना अनुसार सूर्य धन राशीबाट मकर राशीमा गएको दिनलाई मकर संक्रान्ति भनिन्छ ।

पद्मपुराणको भनाईअनुसार सूर्य मकर राशिमा गएको बेला (माघ महिनामा) देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य र प्रयागमा स्नान गरेको फल प्राप्त हुन्छ । त्यस्तै हिमवत्खण्डमा पृथ्वीभरमा जति धार्मिक तीर्थहरु छन् ती सबैमा स्नान गर्नाले जे फल मिल्छ त्यो फल देवघाटमा यस माघ महिनामा स्नान गर्नाले प्राप्त हुन्छ भनी लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा