घिरिङमा नसर्ने रोगको मास स्क्रिनिङ

Devghat Online

शेयर गरौ

दमौली, पुस ९

घिरिङ गाउँपालिका र स्वास्थ्य निर्देशनालय गन्डकी प्रदेश पोखराको आयोजनामा नसर्ने रोग मास स्क्रिनिङ्ग कार्यक्रम मंगलबार सुरु भएको छ ।

वडा नं ३ को घिरिङ सुन्धारा स्वास्थ्य चौकिमा भएको उक्त शिविरमा जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको प्राविधिक सहयोग रहेको छ । शिविरको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरे ।

उक्त शिविरमा ४० वर्ष माथिको उमेर समुहका सबै नागरिकले स्वास्थ्य परिक्षण गराएर सेवा लिन सक्नेछन । उक्त शिविर लाई शिविरमा विशेषज्ञ डाक्टर र नर्सहरु बाट सुगर, मृगौला, कोल्स्ट्रोल, मुटु लगायत अन्य परिक्षण गर्न तथा परामर्श लिन सकिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

साथै उक्त स्वास्थ्य परिक्षणको रिपोर्ट लिनको लागि १० गते पुन उपस्थिति हुनुपर्ने रिमालले जानकारी गराए ।

वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश महानिर्देशक खिमबहादुर खड्का, गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना, कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख अशोक खनाल, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबू अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले कार्यक्रम सन्चालक स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए । उक्त शिविरमा ३८५ जनाको स्क्रिनिङ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता