व्यास नगरपालिकाबाट राष्ट्रिय परिचय पत्र वितरण

Devghat Online

शेयर गरौ

दमौली, पुस ९

व्यास नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमा परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

नगरपालिका हलमा आयोजित कार्यक्रममा उप प्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

समारोहमा नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । साथै, उनले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले थापाले राष्ट्रिय परिचयपत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताए । पहिलो चरणमा नगरपालिकाभरका नागरिकहरूको विवरण संकलन गरी परिचय पत्र वितरण गरिने र यो प्रक्रिया छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो सँगै तनहुँको भानु नगरपालिका बाहेक अन्य सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता