क्रिसमसको नाममा विद्यार्थीलाई जबरजस्ती क्रिसमस टोपी र ड्रेस नलगाउन राप्रपाको माग

Devghat Online

शेयर गरौ

दमौली, पुस ९

राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागन्डकी नगरपालिका कार्यसमितिले क्रिसमसको नाममा विद्यार्थीहरुलाई क्रिसमस टोपी र ड्रेस नलगाईदिन विद्यालयहरुलाई सचेत गराएको छ ।

राप्रपाको नगर कार्यसमितिले मंगलबार विज्ञप्ति प्रकाशित गरि अन्य धर्म मान्ने नागरिकका छोराछोरीहरु लाई जो क्रिसमसप्रति कुनै सम्बन्ध राख्दैनन उनिहरुलाई क्रिसमस डे मनाउने बहानामा टोपि लगाईदिने, क्रिसमस ड्रेस लगाई दिने जस्ता कार्य भईरहेको हुँदा त्यस्तो कार्य नगर्न विद्यालयहरुलाई सचेत गराएको छ ।

सबैलाई आफनो स्वधर्मको संरक्षण गर्ने हक र अधिकारको सुनिश्चितता नेपालको संबिधानले गरेको र सबैले आफ्नो धर्म मनाउन पाउने हक रहेको राप्रपाले जनाएको छ । आफ्नो धर्म प्रचार गर्ने बाहानामा अर्काको धर्म र आस्था प्रति आघात पु¥याउन नपाईने कुरा संबिधानमै उल्लेख रहेको भन्दै धर्म प्रचारको कार्य बिद्यालयबाट हुनु आफैमा दुखद तथा निन्दनिय कुरा भएको राप्रपा शुक्लागन्डकी नगर समितिका अध्यक्ष बोधराज शर्मा गैह्रेले विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य