पूर्ण स्मृति सम्मान तथा पुरस्कार–२०८१ का लागि छनौट समिति गठन

Devghat Online

शेयर गरौ

दुलेगौंडा, १२ पुष

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार’–२०८१ का लागि छनौट समिति चयन गरिएको छ ।

रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न कार्य समिति बैठकले पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका छन् ।

तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिईने छ ।

रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित तेस्रो पटक आगामी पुष २७ गते पुरस्कृत गर्न लागिएको सचिव शिव पौडेलले बताए ।

रेडियोको नवौंं वार्षिक साधारणसभा एवम् छैटौ अधिवेशनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिने अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी