देवघाटका दलित, बोटे, चेपाङ र बराम समुदायलाई निशुल्क स्वास्थ्य विमा

Devghat Online

शेयर गरौ

देवघाट, पुस १३

देवघाट गाउँपालिका दलित, बोटे, चेपाङ र बराम समुदायका घर परिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । देवघाट गाउँपालिकाको गाउँपालिकाभित्रका दलित, बोटे, चेपाङ र बराम समुदायका सबै घर परिवारको स्वास्थ्य विमा गर्ने चालु आर्थिक वर्षको नीति अनुसार ति समुदायका घर परिवारको स्वास्थ्य विमा कार्ड बनाएर हस्तान्तरण गरेको छ ।

शुक्रबार वडा नम्बर ५ स्थित बसन्तपुर टोलमा कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अधयक्ष तिलबहादुर थापाले उक्त टोलका दलित समुदायका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरे । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷२०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम मार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सम्पूर्ण दलित, बोटे, चेपाङ र बराम विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित, बोटे, चेपाङ र बराम घरपरिवारमा सहज रुपमा स्वास्थ्य उपचार सेवा पु¥याउन गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको बताए । देवघाट गाउँपालिकाभित्र बसोबास गर्ने सिमान्तकृत बोटे र चेपाङ सहित दलित र र ब्रामु समुदायका बासिन्दाहरुलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । यसका साथै अति विपन्न ब्राह्मण क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य विमा गर्ने अध्यक्ष थापाले बताए ।

यस कार्यकालागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ११ लाख रुपैया विनियोजन गरेको छ । आर्थिक अभावमा पछाडि पारिएका समुदायहरु न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस भनेर यसै आर्थिक वर्षदेखी ति जातिहरुको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरुको स्वास्थ्य, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता