कृष्मी सहकारीको अध्यक्षमा मनराज

Devghat Online

शेयर गरौ

दुलेगौंडा, पुस २५

शुक्लागन्डकी नपा–४ स्थित कृष्मि सहकारी संस्थाको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । ‘उत्पादन, स्वरोजगार र समृद्वीका लागी कृष्मी सहकारी’ भन्ने नाराका साथ संस्थाको बुधबार सम्पन्न प्रथम साधारणले मनराजको अध्यक्षतामा सन्चालक समिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा सरस्वती गौतम, सचिवमा ऋषेश्वर भुवाई, कोषाध्यक्षमा सरोज पौडेल तथा सदस्यहरुमा केशब राज पौडेल, सुरज भिरखोइरे र सिता तिमिल्सिना रहेका छन् । त्यस्तै लेखा समितीको संयोजकमा मन बहादुर भुजेल तथा सदस्यहरुमा नवराज गौतम र टुक बहादुर गुरुङ, ऋण समितिको संयोजकमा सुरज वाग्ले तथा सदस्यहरुमा खिमलाल पोख्रेल र तुलसी शाह रहेका छन् ।

उक्त साधारणसभाको शुक्लागण्डकी नगरपालिकाका आर्थिक बिकास शाखाका प्रमुख नवराज पण्डीतले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड पोखराका निमित्त निर्देशक पबित्रा अधिकारीले पनि शुभकामना मन्तव्य राखेकी थिइन् ।

साधारण सभामा उत्कृष्ट कृषक मध्येबाट कृषक सुरज वाग्ले (भिरखोइरे) र उत्कृष्ट बचतकर्ताहरुको मध्येबाट अनिता गुरुङ शुक्लागण्डकी–१० सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले