५० जना महिलालाई ढकिया बुन्ने तालिम

Devghat Online

शेयर गरौ

दमौली, पुस २५

सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा व्यास नपाका का ५० जना महिलाहरुलाई ढकिया बुन्ने सम्बन्धि चारदिने तालिम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत तिनवटा वडाका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको हो ।

व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो । उक्त तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए । आचार्यले स्थानीय स्रोत र साधन अर्थात् बाबियाको प्रयोग गरी बनाइएको ढकियाले अन्यत्रबाट ल्याइने ढकियालाई विस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।

पुस २१ गतेदेखि सञ्चालित सो तालिम बुधबार एक कार्यक्रमबीच समापन गरियो । तालिममा सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यले बताए । तालिममा सहभागी भगवती भण्डारी र अन्जना भण्डारीले तालिम जीवन उपयोगी रहेको बताए । उक्त तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा र मधुमाया सारु मगरले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक