शोकमा परेका विकको परिवारलाई एमाले देवघाटको साथ

Devghat Online

शेयर गरौ

देवघाट, पुस २६

नेकपा एमाले देवघाट गाउँ कमिटिले शोकमा परेका विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।

देवघाट गाउपालिका वडा नम्बर ५ सेतीभतेरी बस्दै आएका वीर वहादुर विकको मृत्यु भएपछि उनको शोकमा परेका परिवारका सदस्यलाई एमाले देवघाट गाउँ कमिटिको तर्फबाट आर्थिक सहयोग गरिएको हो ।

विरबहादुरको गत पुस २० गते मृत्यु भएको थियो भने उनकी पत्निको एक साता अघि पुस १४ गते मृत्यु भएको थियो । उनीहरुका एक मात्र छोराको ११ वर्ष अघि नै मृत्यु भएको थियो । उनीहरुका तिन वटी छोरीहरुको भने विवहा भईसकेको छ ।

मृगौला फेल भएका बिरबहादुरको उपचारमा भएको सम्पत्ती सबै सकिएको र उनीहरुको घरको आर्थिक अवस्था निकै कमजोर रहेको तथा उपचारमा लागेको रकम छोरीहरुले नै उपलब्ध गराएको हुँदा शोकमा परेको उक्त परिवारको मृत्यु संस्कार सम्पन्न गर्न आर्थिक सहयोग गरिएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले बताए ।

छोरीहरुको पनि आर्थिक अवस्था कमजोर रहेको तथा विरबहादुर र उनकी पत्निको एक साताको फरकमा मृत्यु भएको न्यौपानेले बताए । ‘जसको परिवारमा दुःख छ, जसको कोही छैन त्यसको नेकपा ऐमाले छ भन्ने सबैमा महशुस गराउन नेकपा ऐमाले विगत देखिनै दुख परेकालाइ सहयोग गर्दै आएको छ ।’ न्यौपाने भने ‘मृत्यु भएको विरवहादुर विक र उहाको श्रीमतीको मृत्यु संस्कार फुकाउन केही भएपनि राहत हुन्छ भनी ८ हजार ८ सय ५ रुपैयाँ उपलब्ध गराएका छौं ।’

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु केशवचन्द्र न्यौपाने, सुकुलाल गुरुङ, कमला देवकोटा, अनेमसंघ जिल्ला सदस्य सावित्री न्यौपाने, एमाले देवघाट गाउँकमिटी सदस्य एवम् मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरी, राष्ट्रिय युवा संघ देवघाटका विकास ढकाल, राजु जिसि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको