भानुमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

राष्ट्रिय बाख्रा दिवश २०८१ को अवशरमा तनहुँको भानुमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी प्रतियोगिता हुने भएको छ । ‘पोसिलो आहार, बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथ आगामी माघ ४ गते उक्त प्रदर्शनी हुन लागेको हो ।

भानु नगरपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल ब्यवसायीक बाख्रा पालक महासंघको आयोजनामा भानु नपा–५ को स्याउली पसलमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी हुन लागेको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका अमित ढुँगानाले जानकारी दिए ।

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जात तर्फ १० हजार, उन्नत जात तर्फ १० हजार र द्वित्तीय हुनेलाई ८ हजार, तृतीय हुनेलाई ६ हजार र सान्त्वना हुनेलाई ४ हजार रुपैंया पुरस्कारको ब्यवस्था गरिएको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताए ।

उक्त कार्यक्रममा बोका प्रदर्शनी, बाख्राको उत्पादन परिकार प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी, मनोरञ्जन तथा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले यस्ता प्रदर्शनीले पशुपालन तर्फ आकर्षित गराउन सकिने भन्दै भानु नगरपालिकालाई मासुमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । नगरपालिकाकी उप–प्रमुख उमा गोतामेले नगरपालिकाले किसानका लागि आवश्यक पर्ने प्राविधिक एवं अन्य सहयोगको कार्यक्रम पनि सन्चालन गर्न जोड दिई रहेको जानकारी दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा