स्वास्थ्यमा जनतालाई अनुभूति हुनेगरी परिवर्तन गछौंः मन्त्री पौडेल

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँले शनिबार दमौलीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको उपचारका लागि सहुलियत र सहज बनाएर अनुभूति दिलाएको बताए ।

स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कामलाई सरकारले पहिलो प्राथमिकता दिएको मन्त्री पौडेलले बताए । बिरामीको जीवनरक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनमा कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए ।

स्वास्थ्य बीमालाई पाँच लाख बनाउन स्रोत व्यवस्थापनमा सरकार लागेको जानकारी दिँदै मन्त्री पौडेलले भन्नुभयो, ‘स्वास्थ्य बीमालाई पाँच लाख बनाउँछौं, मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गर्छौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’ नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याइने उनले बताए ।

जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पु¥याउने उनको भनाइ छ । स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुनेगरी कार्यक्रम ल्याइने पौडेलले बताए । नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्दै पाँच लाखको बीमाको व्यवस्था हुने पौडेलले दाबी गरे । छिरलिएको स्वास्थ्यको पैसा बीमा कोषमा लैजाने उनले बताए । १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिँदै सरकार स्वास्थ्यप्रति गम्भीर रहेको बताए ।

क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलको भनाइ थियो । पौडेलले भने, ‘सरकार बोल्ने मात्र हैन, बोलेको कुरा पूरा गर्न प्रतिबद्ध छ । सरकार गठबन्धनको भावानाअनुसार चलेको छ ।

यसैविच व्यास नपा–६ स्थित जनजुक्त शाही माविको स्वर्ण जयन्ती कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शनिबार उद्घाटन गरे । उक्त अवसरमा मन्त्री पौडेलले स्वर्ण स्तम्भको उद्घाटन र विद्यालयले प्रकाशन गरेको स्वर्ण जयन्ती स्मारिका विमोचन गरे । स्वर्ण जयन्तीको अवसरमा पुस १७ गते देखि नै कार्यक्रम भईरहेको प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा