कन्यादेवी माविमा छात्रावास निर्माण

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

आबुँखैरेनी गाउँपालिका–६ हिलेखर्क स्थित कन्यादेवी माविमा छात्रावास निर्माण गरिएको छ । विद्यालयबाट टाढा घर भएका विद्यार्थीहरुलाई विद्यालयमै बसेर पठन पाठनमा सहयोग पु¥याउने उद्देश्यले आबुँखैरेनी गाउँपालिकाको आर्थिक सहयोगमा छात्रावास निर्माण गरिएको हो ।

उक्त छात्रावासको शुक्रबार आबुँखैरेनी गाउँपालिकका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष चुमानले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बस जान सक्ने विद्यालयमा बस र बस जान नसक्ने विद्यालयमा छात्रावास बनाउने नीति लिईएको बताए ।

उक्त छात्रावासमा हाल कक्षा ८,९ र १० का ४५ जना विद्यार्थीहरुलाई राखेर अध्ययन गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा