शनिबारबाट बन्दीपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ ३

तनहुँको बन्दीपुर गाउँपालिकामा यही माघ ५ ६ र ७ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । उक्त राष्ट्रपति रनिङ शिल्ड–२०८१ को तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुंडिखेलमा सञ्चालन हुनेछ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयोजकत्वमा हुन लागेको कार्यक्रममा बन्दीपुर गाउँपालिकाभित्रका नौवटै माध्यमिक विद्यालयले भाग लिने भएको शाखा प्रमुख भिम प्रसाद लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा सामुदायिक तर्फ बिष्णु मावि, पवित्रा मावि, भानु मावि, शिव मावि, कालिका मावि र अरुण मावि तथा संस्थागत तर्फ दीपशिखा, मनास्लु र नोट्र डेम सहित ३ गरी नौवटा माध्यमिक विद्यालयले भाग लिनेछन् ।

यस पटक शाखा प्रमुख भिम प्रसाद लामिछानेको नेतृत्वमा जिल्लामै नयाँ अभ्यास सुरु गर्न लागिएको छ । जस अनुसार उद्घाटन समारोहमा संस्थागत विद्यालयका स्कुल बसले बन्दीपुर बजारदेखि टाढा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरु लिएर आउने समेत संस्थागत विद्यालयका प्रतिनिधिले निर्णय गरेका छन ।

जस अनुसार दीपशिखा माविको बसले अरुण माविको विद्यार्थीहरु, मनास्लु माविले बिष्णु मावि र शिव माविको विद्यार्थीहरू र सामुदायिक विद्यालय पवित्रा माविले कालिका माविको विद्यार्थीहरूलाई यातायात सुविधा दिने भएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा