घिरिङमा छातिरोग सम्बन्धी खोजपड्ताल शिविरमा २७५ जनाको स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, माघ १३

घिरिङ गाउँपालिकामा आयोजित छातिरोग सम्बन्धी खोजपड्ताल शिविरमा २ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा घिरिङ गाउँपालिका–४ गडौलिटार स्वास्थ्य केन्द्रमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार आयोजना भएको थियो ।

उक्त कार्यक्रममा एक्स–रे द्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविरमा रक्तचापको (प्रेसर) जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) को जाँच गरिएको गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको सो शिविर कार्यक्रमलाई घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्वघाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले गाउँघरका मान्छेले बिरामीको लक्षणलाई बेवास्ता गर्ने तथा हस्पिटल सम्म पुगेर जाँच गर्न आर्थिक अभाव हुने समस्याको कारण गाउँपालिकाले बेला– बेलामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारीको पनि उपस्तिथि रहेको थियो ।
सो कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले सन्चालन गरेका थिए भने घिरिङ सुन्धारा स्वास्थ्य शाखा प्रमुख प्रीतम थापाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता