रिटर्नी फेडेरेशन तनहुँको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

दमौली, माघ १६

विदेशबाट फर्किएका नेपालीहरूको हकहितका निम्ति काम गरिरहेको संस्था रिटर्नि फेडेरेसन नेपाल तनहुँको अध्यक्षमा सुदिप पौडेल निर्वाचित भएका छन् । मंगलबार दमौलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नर्या कार्यसमिति गठन गरेको हो।

गठित समितिको उपाध्यक्षद्धयमा मनोज भुजेल र याम बहादुर पाटा मगर, सचिवमा लाल प्रसाद तिमल्सेना, उपसचिवद्धयमा अर्जुन बहादुर अधिकारी र पदम प्रसाद बगाले र सदस्यहरुमा रमेश अधिकारी, मन बहादुर कुमाल, कृष्ण बहादुर थापा, र मिन बहादुर पाटा मगर निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष डा. शालिकराम बसेल रहेका थिए भने कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा एमाले जिल्ला कमिटी तनहुँका अध्यक्ष हरिराज कडेंल रहेका थिए ।

उक्त कार्यक्रममा रिटर्नी फेडरेसन नेपालकी केन्द्रीय उपाध्यक्ष अर्चना बस्नेत, सचिव बुद्धि सुवेदी, केन्द्रीय सदस्य विष्णुहरी भूगाई, नेकपा एमाले जिल्ला कमिटी सचिव प्रदिपराज अधिकारी, उपसचिव खिमबहादुर कुमाल, रिटर्नी फेडरेसन नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष प्रमिला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

रिटर्नी फेडरेसन नेपाल नेपाल कम्युनिस्ट पार्टी एमालेको जनवर्गीय संगठन हो । विदेशबाट फर्केका नेपालीहरूको ज्ञान,सिप, दक्षता र पुँजीलाई संगठित गर्दै सामाजिक, आर्थिक र राजनैतिक भविष्यलाई स्थापित गर्न उक्त संस्था क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर