चितवन, माघ १५
चितवनको भरतपुर महानगरपालिका र गोरखा नगरपालिका एवम् तनहुँको आँबुखैरेनी गाँउपालिकाबीच अनुभव आदन प्रदनान कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर महानगरको सभा हलमा भएको कार्यक्रममा अन्तरपालिका अनुभवलाई साटासाट गरिएको थियो । विषेश गरी गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन लागेको पूर्वसन्धयामा भरतपुर महानगरसँग भरतपुर भ्रमण वर्ष २०२४ को पर्यटन प्रर्वद्धन सम्बन्धी अनुभव बारे भरतपुर नगर प्रमुख रेनु दाहाल, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर र आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानले मन्तव्य व्यक्त गरे ।
उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाले गरेका केही काम तथा आगामी दिनमा भरतपुर महानगर पालिका सगँ सहकार्य बारे छलफल भएको जनाईएको छ ।