न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिन म्याग्दे गाउँपालिकाको आह्वान

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

म्याग्दे गाउँपालिकाले न्युनतम रोगजारीमा संलग्न हुनकोलागि गाउँपालिकामा निबेदन दिन बेरोजगार नागरिकहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाले बिहिबार सुचना प्रकाशन गरि १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन अनुरोध गरेको हो ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ (दोस्रो संसोधन, २०७७ सहित) को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५(दोस्रो संसोधन, २०७८ सहित), को दफा १८ बमोजिम आगामी आ.व. २०८२÷०८३ को लागि म्याग्दे गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सामुदायिक तथा अन्य विकास निर्माणका काममा योगदान गर्न ईच्छुक १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

निवेदन दिनका एक आर्थिक बर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएका, नेपाल सरकारले तोकेको न्यूनतम बार्षिक आय भन्दा कम आम्दानी रहेका, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा संलग्न भई काम गर्न ईच्छुक परिवारका व्यक्तिहरु हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय