वाईसिएल देवघाटको अध्यक्षमा गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) देवघाट गाउँ कमिटिको अध्यक्षमा पुनः योगेन्द्र गुरूङ चयन भएका छन् । ३० औं ‘जनयुद्ध दिवस’ को अवसरमा बिहिवार देवघाट गाउँपालिका–१ कोटामा भएको गाउँ अधिवेशनबाट गुरुङ पुनः अध्यक्षतामा ४५ सदस्यिय कार्यसमिचि सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा रोधन राना मगर र उमेश आले मगर, सचिवमा तिलक थापा मगर, कोषाध्यक्षमा सुजन गुरूङ र सह–सचिवमा निर्मा गुरूङ चयन भएका छन् ।

सो अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य चुमान, वाईसिएलका केन्द्रीय अध्यक्ष सुवोध श्रीपाली, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार इश्वरबावु गौली, वाइसीएल गण्डकी प्रदेश सह–संयोजक इश्वर बस्याल, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य कमिटिका सदस्य भिम बहादुर राना, मिना अधिकारी, नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटीका अध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनिराज गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
उक्त अवसरमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय