पोखरा कोटीहोम विवाद समाधान नजिक

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २६

पोखरामा कोटीहोम निर्विवाद रुपमा सन्चालन गर्न दिन पोखरा महानगरपालिका सहमती नजिक पुगेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा पोखरास्थित सुरक्षा निकायहरुका अधिकारीहरुको उपस्थितिमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम सन्चालन गर्न आयोजक मानव सेवा फाउन्डेशन र पोखरा महानगरपालिका सहमत भएका हुन् ।

बैठक सकिए पछि आयोजक मानव सेवा फाउन्डेशनका संरक्षक पुराण बाचक विजय भण्डारी उर्फ बालयोगेश्वर विजयकृष्ण मूर्तिले पोखरामा सन्चालन हुन लागेको कोटी होम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन भएको जानकारी दिए । कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्तिले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहने गरी समिति गठन भएको जानकारी दिए ।

बैठकले कोटीहोम समस्या समाधान गर्न ५ सदस्य समिति गठन गर्ने प्रस्ताव गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए । बैठकको छलफलका विषयमा मंगलबार कार्यपालिका बैठक बसेर छलफल गर्ने तिम्सिनाले बताए । प्रस्ताव गरेको समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पोखरा महानगरका दुई प्रतिनिधि र फाउन्डेसनका दुई जना रहने गरी डाफ्ट बनेको छ । पुनः मंगलबार बैठक बसि निर्णय हुने प्रवक्ता तिम्सिनाको भनाइ छ ।

पोखराको लेकसाइड बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गामा कोटीहोम हुन नहुने कुरामा महानगर अडिग रहेको जानकारी दिंदै प्रबक्ता तिमिल्सिनाले त्यस स्थान बाहेकका अन्य ठाउँमा कोटीहोम गर्न दिन महानगर तयार रहेको बताए ।

बैठकमा सहभागी विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय परिषद्का अध्यक्ष शंकर खरालले पोखरामा कोटीहोम निर्धारित मितिमा नै गर्ने कुरामा महानगर सहमत भएको जानकारी दिंदै कुन ठाउँमा गर्ने भन्ने बारेमा बिबाद समाधान समितिले निर्णय लिने बताए ।

मानव सेवा फाउन्डेशनले बैशाख १७ गतेदेखि पोखरामा कोटीहोमको आयोजना गरेको छ । उक्त कोटीहोम फेवाताल किनारमा रहेको नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराही घाटमा हुने वा अर्काे ठाउँमा हुने भन्नेबारे एक दुई दिनमा निचोड निस्कने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर