मुक्ति समाज घिरिङको अध्यक्षमा कृष्णमाया नेपाली

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २७

नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट कृष्ण माया नेपालीको अध्यक्षतामा ३१ कार्यसमिति चयन गरिएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा विष्णुमाया नेपाली र भगवती बिक, सचिव मिलन बिक तथा उपसचिव इन्द्रमाया नेपाली र रिता सुनार चयन भएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीका अध्यक्ष अन्जान परियारको अध्यक्षतामा भएको सो कार्यक्रमको नेकपा एमाले केन्द्रीय सदस्य एवं शुक्लागण्डकी नगरपालिका पूर्व उप–प्रमुख सविता रसाइलीले उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेल, मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज मोहन कुमार विश्वकर्मा, मुक्ति समाज केन्द्रीय सदस्य एवं नेकपा एमाले तनहुँ जिल्ला कमिटी उपसचिव सुनिता नेपाली, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य एवं घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य बिरु बस्याल, मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य सेतीमाया गौतम, नेकपा एमाले महाधिवेशन प्रतिनिधि विष्णुभक्त सिग्देल, नेकपा एमाले तनहुँ जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र थापा, मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य भरत लामगादे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिकाका पूर्व अध्यक्ष रन बहादुर राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीताराम सुर्खाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य दीपक खाती, नेकपा एमाले जिल्ला कमिटी सदस्य झमान सिं नेपाली, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य गोपाल बिक, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य सन्तमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायणी सुनारको थियो भने कार्यक्रम सहजीकरण दिल कुमार बिकले गरेका थिए । जातीय विभेद सम्बन्धी सचेतना मूलक नाटक प्रदर्शनी, सुनपानी नौमती बाजाको बेजोड प्रस्तुतिले कार्यक्रमका प्रमुख अतिथि लगायतलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको