तनहुँ । फागुन २७
नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट कृष्ण माया नेपालीको अध्यक्षतामा ३१ कार्यसमिति चयन गरिएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा विष्णुमाया नेपाली र भगवती बिक, सचिव मिलन बिक तथा उपसचिव इन्द्रमाया नेपाली र रिता सुनार चयन भएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीका अध्यक्ष अन्जान परियारको अध्यक्षतामा भएको सो कार्यक्रमको नेकपा एमाले केन्द्रीय सदस्य एवं शुक्लागण्डकी नगरपालिका पूर्व उप–प्रमुख सविता रसाइलीले उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेल, मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज मोहन कुमार विश्वकर्मा, मुक्ति समाज केन्द्रीय सदस्य एवं नेकपा एमाले तनहुँ जिल्ला कमिटी उपसचिव सुनिता नेपाली, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य एवं घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य बिरु बस्याल, मुक्ति समाज गण्डकी प्रदेश कमिटी सदस्य सेतीमाया गौतम, नेकपा एमाले महाधिवेशन प्रतिनिधि विष्णुभक्त सिग्देल, नेकपा एमाले तनहुँ जिल्ला कमिटी सचिवालय सदस्य इन्द्र थापा, मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटीका सदस्य भरत लामगादे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिकाका पूर्व अध्यक्ष रन बहादुर राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य सीताराम सुर्खाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य दीपक खाती, नेकपा एमाले जिल्ला कमिटी सदस्य झमान सिं नेपाली, नेकपा एमाले घिरिङ गाउँ कमिटीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य गोपाल बिक, नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य सन्तमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायणी सुनारको थियो भने कार्यक्रम सहजीकरण दिल कुमार बिकले गरेका थिए । जातीय विभेद सम्बन्धी सचेतना मूलक नाटक प्रदर्शनी, सुनपानी नौमती बाजाको बेजोड प्रस्तुतिले कार्यक्रमका प्रमुख अतिथि लगायतलाई स्वागत गरिएको थियो ।