फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २६

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै फोनिज तनहुँको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ, सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र राम बहादुर धामि चयन भएका छन् ।

फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन भएका छन् ।

फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फोनिजका केन्द्रीय सदस्य मिला दरै प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै कार्यक्रममा पÞmोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता