पत्रकार नहर्कीलाई मोफसल पत्रकार सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ४

तनहुँका पत्रकार अमरराज नहर्की ‘मोफसल पत्रकार पुरस्कारबाट सम्मानित भएका छन् । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–४ दुईपोखरीमा सम्पन्न पाँचौ एपिक नेपाल म्युजिक अवार्डको अवसरमा पत्रकार नहर्की सम्मानित भएका हुन् । नहर्की गोरखापत्र दैनिकका तनहुँ संवाददाता हुन् ।

प्रथम महिला राधिका शाक्यले पत्रकार नहर्कीलाई सम्मानपत्र प्रदान गरेकी थिइन् । मोफसलमा रहेर पत्रकारिता मार्फत आम नेपाली जनता र देश प्रतिको हितमा अबिरल लाग्दै विचलित नभई नेपाली पत्रकारिता, स्वदेशी चलचित्र, भाषा, साहित्य र विविध विषयमा समसामयिक राष्ट्रिय गतिविधीहरुमा सङ्लग्न भई योगदान पु¥याएवापत नहर्कीलाई सम्मान गरिएको हो ।

यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत सङ्गीत र चलचित्रको विकास श्रीवृद्धि गर्न अविछिन्न रुपमा पु¥याएको भएको योगदानको उच्च सम्मान गर्दै पाँचौ एपिक नेपाल म्युजिक अवार्ड–२०८१ को अवसरमा मोफसल पत्रकार सम्मानबाट सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय