स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसको सभापतीमा अनेरास्ववियुका थापा बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

तनहुँको शुक्लागन्डकी नगरपालिकाको बेलचौतारा स्थित भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका मिनबहादुर थापा बिजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा थापाले १२८ मत पाई बिजयी भएका छन् । थापा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदबार हुन् । नेविसंघका उम्मेदबार एजिना मतले १०५ मत पाइन् ।

सचिवमा अनेरास्ववियु क्रान्तिकारीकी विनिता भण्डारी ११६ मत पाइ बिजयी भइन् । सचिवमा नेविसंघका सुनिल लामिछाने १०९ मत पाएका थिए । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी पुष्पा खड्का १४५ मत पाइ बिजयी भइन् । कोषाध्यक्षमा नेविसंघकी रस्मिता कार्कीले ८७ मत पाएकी थिइन् ।

सदस्यमा अनेरास्ववियुका अविजित लम्साल अञ्जली विक, अनेरास्ववीयु क्रान्तिकारीका निराज भण्डारी, नेविसंघकी प्रतीक्षा गिरी र स्वस्तिका सिग्देल बिजयी भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता