जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

भिमादको जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदबारलाई हराउँदै अनेरास्ववियुका विप्लव भन्डारी सभापतीमा बिजयी भएका छन् । भन्डारीले १३१ मत पाएका छन् भने नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदबार अमृत गैह्रेले १०९ मत पाए । उक्त निर्वाचनमा सचिव र कोषाध्यक्ष सहित सबै सदस्यहरु अनेरास्ववियुका उम्मेदबारहरु बिजयी भएका छन् ।

सचिवमा अस्मिता क्षेत्री १२१ मत पाई बिजयी भइन् । सचिवमा नेविसंघकी दिपा रानाले १२० मत पाएकी थिइन् । त्यसैगरि कोषाध्यक्षमा पनि अनेरास्ववियुकै यशुमाया थापा १३२ मत पाइ बिजय भइन् । कोषाध्यक्षमा नेविसंघकी काशिका रानाले १०७ मत पाएकी थिइन् । सदस्यहरुमा सुजन पौडेल, विष्णु उच्चै, ममता सिग्देल, साविया खातुन मियाँ र विनिता रसाईली बिजयी भए । बिजयी सबै अनेरास्ववियुका उम्मेदबार हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक