एक्लै चुनाव लडेको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

अनेरास्ववियु र अखिल क्रान्तिकारी सहितका चार विद्यार्थी सगठनले बहिष्कार गरेको दमौलीको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदबारहरु बिजयी भएका छन् ।

एक्लै चुनाव लडेको नेविसंघको तर्फबाट सभापतीमा अध्यक्ष अनुप आले (५०५), सचिवमा सागर पाण्डे (४७१) र कोषाध्यक्षमा रोशन ओझा (४७९) बिजयी भए । सदस्यहरुमा पनि नेविसंघकै उम्मेदबारहरु बिजयी भएको घोषणा गरिएको छ ।

चार विद्यार्थी संगठनले बहिष्कार गरेको उक्त निर्वाचनमा निर्वाचनमा जम्मा ३५.१२ प्रतिशत मत खसेको थियो । कुल १५७७ मतदाता रहेको क्याम्पसमा स्ववियु निर्वाचनमा ५५४ जनाले मात्र सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्तीमा ढिलाई, नियुक्तीमा ढिलाई हुँदा थप नयाँ पात्रहरु मैदानमा

देवघाट । असार २४ तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने प्रसिद्ध धार्मिक स्थल देवघाटको बृहत्तर