एक्लै चुनाव लडेको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

अनेरास्ववियु र अखिल क्रान्तिकारी सहितका चार विद्यार्थी सगठनले बहिष्कार गरेको दमौलीको आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदबारहरु बिजयी भएका छन् ।

एक्लै चुनाव लडेको नेविसंघको तर्फबाट सभापतीमा अध्यक्ष अनुप आले (५०५), सचिवमा सागर पाण्डे (४७१) र कोषाध्यक्षमा रोशन ओझा (४७९) बिजयी भए । सदस्यहरुमा पनि नेविसंघकै उम्मेदबारहरु बिजयी भएको घोषणा गरिएको छ ।

चार विद्यार्थी संगठनले बहिष्कार गरेको उक्त निर्वाचनमा निर्वाचनमा जम्मा ३५.१२ प्रतिशत मत खसेको थियो । कुल १५७७ मतदाता रहेको क्याम्पसमा स्ववियु निर्वाचनमा ५५४ जनाले मात्र सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड