विहिबारबाट एसइई परिक्षा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु हुने भएको छ । परिक्षा विहिबार बिहान ८ बजेदेखी सन्चालन हुनेछ ।

यस वर्ष एसइई परिक्षामा देशभर ५ लाख १४ हजार ७१ जना परिक्षार्थी सहभागी हुनेछन् । परिक्षा सन्चालनकोलागि देशभर २ हजार ८० परिक्षा केन्द्र तय गरिएको । परिक्षा सन्चालनकोलागि ७७ हजार ८ सय कर्मचारी परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार सुरक्षाकर्मी छन् । सबैभन्दा धेरै परिक्षार्थी काठमाडौंमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ विद्यार्थी परिक्षामा सहभागी हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विहिबार देखी सन्चालन हुने एसईई परिक्षाको लागि तनहुँबाट नियमित र ग्रेडबृद्धि गरि ६३०२ नाम परिक्षार्थी सहभागी हुनेछन् । परिक्षा सन्चालनकोलागि तनहुँमा २६ परिक्षा केन्द्र तोकिएको छ । तनहुँमा साधारण तर्फ ४ हजार ८४४, प्राविधिक धार तर्फ १३३ र ग्रेड बृद्धि तर्फ १ हजार ३२५ परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार परिक्षा केन्द्रहरुमा निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी, क्यामिन मावि कलेस्ती, मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे, गाउँफर्काेदय मावि ढोरफिर्दी, जनज्योती मावि भिमाद, धर्म मावि भिमाद, चन्द्रज्योती मावि घिरिङ, शिव सरस्वती मावि ऋषिङ रहेका छन् ।

यसैगरि विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले, भानु मावि बन्दिपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार, चन्द्रावती मावि टुहुरेपसल, मित्रता मावि सत्रसय र महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् ।

तनहुँमा देवघाटमा रहेका महेश संस्कृत गुरुकुल गुरुकुल, बेदबेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द सस्कृत गुरुकुल, र माँ कल्याणी बैदिक कन्या गुरुकुलका परिक्षार्थी पनि सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र