बन्दिपुर केबलकारको बार्षिक साधारण सभा बैशाख ६ गते हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १२

तनहुँको बन्दिपुर गाउँपालिकामा सन्चालित बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौंथो साधारण सभा आगामी बैशाख ६ गते शनिबार हुने भएको छ ।

कम्पनीको यहि चैत्र ७ गते बसेको संचालक समितिको बैठकले संस्थाको चौंथो साधारण सभा आगामी बैशाख ६ गते शनिबार केवलकारको बटम स्टेशन बन्दिपुर ४ ठूलोढुँगामा हुने कम्पनीका सचिव रोमनमान श्रेष्ठले बताए ।

सभामा कम्पनीले आइपीओ निष्कासन सम्बन्धी प्रस्तावलाई छिट्टै स्वीकृति दिने र त्यसअनुसार शीघ्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको जनाएको छ । कम्पनीले २०८० पौस महिनामा नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएको थियो ।

३० करोड ६० लाख रुपैयाँको ३० लाख ६० हजार कित्ता आइपिओ निष्कासनका लागि कम्पनीले बोर्डमा निवेदन दिएको एक वर्ष बितिसक्दा पनि स्वीकृत प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर