पोखराको कोटिहोम महायज्ञ लेकसाइडबाट सरेर बिरौटामा हुने

Devghat Online

शेयर गरौ

पोखरा । चैत १२

पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन गरिएको छ । अब महायज्ञ पोखरा महानगरपालिका वार्ड नम्बर १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरको गुठीको जग्गामा र आसपासका स्थानियको जमिनमा २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म आयोजना हुने भएको हो ।

पहिले लेकसाइड क्षेत्रमा महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेशन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नम्बर १७ स्थित बिरौटामा महायज्ञ गर्ने निर्णय गरेको हो ।

गत फागुन २३ गते बाराहीघाट क्षेत्रको कोटिहोम महायज्ञ स्थलमा भूमी पूजन गर्ने क्रममा पोखरा महानगरपालिकाको नगर प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच झडपको अवस्था सिर्जना भएको थियो । त्यसपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आह्वानमा २०२८ फागुन २६ गते बैठक बसेर समस्याको समाधानको लागि समिति गठन गर्ने निर्णय गरिएको थियो ।

उक्त समितीले वैकल्पिक स्थानको खोजी गरिरहँदा अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नम्बर ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नम्बर १७ को बिरौटामा सरेको हो । यहाँको सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरको गुठीको स्वामित्व रहेको भूमि र आसपासका स्थानियको जमिनमा महायज्ञ सञ्चालन हुने भएको हो ।

पोखरा महानगरपालिकाले महायज्ञको लागि वैकल्पिक स्थान खोजेर अनुमति दिएकोपछि आयोजक मानव सेवा फाउण्डेशन नेपाल बिरौटामा महायज्ञ सञ्चालनका लागि पूर्ण तयारीमा जुटिसकेको छ ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वरविजयकृष्ण मूर्तीजी महाराजलाई महायज्ञ स्थलका आसपासका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानिय संघसंस्थाका प्रतिनिधिहरूले स्वागत गर्दै खुशी व्यक्त गरेका थिए र कोटिहोम महायज्ञको सफलताका लागि ऐक्यबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय