काठमाडौं । चैत १२
प्रेस चौतारी नेपालको दशौं महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । महाधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।



महाधिवेशनले उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिव (संगठन) मा विष्णु तारुके, सचिव (अर्थ) मा प्रदिप आचार्य र सचिव (बिदेश) नरेश भण्डारी निर्वाचित भएका छन् । यसैगरि निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल, नीति अनुसन्धान आयोगको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, लेखा आयोगको अध्यक्षमा अर्जुन श्रेष्ठ र अनुशासन आयोगको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन् ।

यस्तै सचिवालय सदस्यहरुमा शिवशक्ति आचार्य, प्रकाश सिलवाल र निरजराज जोशी, प्रदेश इन्चार्जहरुमा कोशीमा नुतन श्रेष्ठ, मधेशमा अच्युत पौडेल, बागमतीमा प्रतिमा सिलवाल, गन्डकीमा गणेश पौडेल, लुम्बिनीमा टिकाबहादुर बस्नेत, कर्णालीमा याम शर्मा रिजाल, सुदुरपश्चिममा दिलबहादुर छन्त्याल, उपत्यका प्रदेशमा हेमराज सिलवाल, प्रतिष्ठान प्रदेशमा यसिमा महत र एसोसियट्स प्रदेशमा श्रीधर पौडेल इन्चार्ज निर्वाचित भएका छन् ।
यसैगरि खुल्ला तर्फको केन्द्रीय सदस्यहरुमा कृष्ण गिरी, भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, पुकार तिमिल्सेना, प्रकाशचन्द्र भट्टराई, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपि लोहिया, डिलप्रकाश गौतम, धर्वेन्द्र झा र तिर्थ नेपाल निर्वाचित भएका छन् ।
त्यसैगरि भुगोल तर्फको केन्द्रीय सदस्यहरुमा कोशीबाट माधव बिद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल, मधेश प्रदेशबाट रमेश तिमिल्सेना, अवधेश कामत, तुलसी भण्डारी र रिना आले, बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाँई र संगिता आचार्य, गन्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त, लुम्बिनी प्रदेशबाट गणेश आचार्य, विष्णु बेलबासे, लक्ष्मण पौडेल र दिपु पोख्रेल, कर्णाली प्रदेशबाट गोरखबहादुर थापा, आकाश तारा बयक, केबी गाउँले, र मालती केसी, सुदुरपश्चिम प्रदेशबाट शुशिल ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र पार्वती धामी, उपत्यका प्रदेशबाट पुष्कर बस्नेत, बिनोद चौलागाँई, रमेश गिरी र सतिदेवी उप्रेती, प्रतिष्ठान प्रदेशबाट दिपक समिर, दशरथ राई, रामबाबु अधिकारी र इश्वरराज ढकाल र एसोसियट्स प्रदेशबाट पवन फुयाँल, नृपेन्द्रलाल श्रेष्ठ, बिन्दु अधिकारी र स्वस्तिका थापा निर्वाचित भएका छन् ।
यसैगरि महिला सदस्यहरुमा पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाँई दुबे, तारा प्रकृती नेपाल, शर्मिला सुवेदी, सरस्वती साउद, कविता अधिकारी, चाँदनी आचार्य, कालिका सिवाकोटी, रोशनी कठेत, अप्सरा गौतम र ज्योती झा निर्वाचित भएका छन् । यस्तै समावेशी केन्द्रीय सदस्यहरुमा खुल्ला आदिवासी जनजाती तर्फ युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, जनजाती महिलामा अन्जना सिल्पकार, खुल्ला दलितमा मिलन विश्वकर्मा, दलित महिलामा मिना विश्वकर्मा, खुल्ला मधेसीमा अवधेष कामत, मधेसी महिलामा सुनिता महतो, खुल्ला मुस्लिममा सकिल कादरी अहमद, खुल्ला थारुमा पार्वता चौधरी र पिछडिएको क्षेत्रबाट नन्द सिंह निर्वाचित भएका छन् ।
त्यसैगरि महाधिवेशनले निर्वाचन आयोग, नीति अनुसन्धान आयोग, लेखा आयोग र अनुशासन आयोगमा सदस्यहरु पनि निर्वाचित गरेको छ ।












