बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १३

बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न मन्त्रालयमा पुगेका छन् । गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा नेतृत्वको टोलीले अर्थ मन्त्रालय, भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय लगायत विभिन्न मन्त्रालय र निकायमा पुगी बन्दीपुरको विभिन्न योजनामा बजेट उपलब्ध गराउन माग गरिएको टोलीमा सहभागी गाउँपालिकाका अध्यक्ष थापाका स्वकिय सचिव अमिर गुरुङले बताए ।

बन्दीपुर देखी धरमपानी जाने सडक कालोपत्रको लागि आगामी आर्थिक वर्षको लागि पर्याप्त बजेट उपलब्ध गराउन, बन्दीपुरको पर्यटन विकासको लागि पर्यटन पुर्वाधार निर्माणको लागि तथा बन्दीपुर भ्रमण वर्षको कार्यक्रममा सहभागिता जनाउन तथा बन्दीपुरको खानेपानीकोलागि बजेट बिनियोजन गर्न अध्यक्ष थापाले सम्बन्धित मन्त्रालयमा अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक