देशकै नमुना अभ्यास शुक्लागण्डकीको ‘सेवा प्रवाह केन्द्र’ को अवलोकन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १३

स्थानीय सरकारले प्रवाह गर्ने सेवालाई झण्झट रहित रुपमा प्रदान गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको ‘सेवा प्रवाह केन्द्र’ को बुधबार केन्द्र र प्रदेश सरकार सहित विदेशी प्रतिनिधिहरुले अवलोकन गरेका छन् ।

सेवाग्राहीलाई दिने सेवाको यो असल अभ्यास देशमै नमुना भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिं तामाङ्ग सहितको टोलीले शुक्लागण्डकीको यो अभ्यास अवलोकन गरि प्रभावकारिता बारेमा जानकारी लिएका हुन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रादेशिक तथा स्थानीय शासन सुढृढीकरण कार्यक्रमका विदेश प्रतिनिधिहरुले सेवा प्रवाह केन्द्रले पारेको प्रभावको बारेमा जानकारी लिदै थप ब्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

उक्त अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखाका प्रमुख लक्षमण लम्सालले सेवा प्रवाह केन्द्र सञ्चालनको विधि र सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी गराए । यस्तै नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र शाखा अधिकृतहरुले सेवा प्रवाह केन्द्र सञ्चालन गर्दा सेवा प्रदानमा भएको सहजता, नागरिकमा देखिएको सन्तुष्टी र थप ब्यवस्थित गर्न देखिएको चुनौती लगायतका विषयमा अवलोकनमा आएका प्रतिनिधिलाई जानकारी गराएका थिए ।

नगरपालिकाले दुई बर्षअघिदेखि सञ्चालन गर्दै आएको सेवा प्रवाह केन्द्रबाट सेवा लिदा नागरिकहरु फाइल बोक्दै कोठा कोठा हिड्नुपर्ने झण्झट अन्त्य भएको छ । आफ्नो कामको जानकारी सहित आवश्यक कागाजत केन्द्रमा बुझाएपछि बाँकी काम नगरपालिकै कर्मचारीले सम्पन्न गरि नागरिकलाई बुझाउने गर्दछन् । कुनै गुनासो वा प्रकृया नमिले सोही केन्द्रबाट समाधानका लागि परामर्श समेत प्रदान गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत लामगादेले जानकारी दिए । सेवाग्राहीलाई आफ्नो काम भईञ्जेलसम्मका लागि प्रतिक्षा गर्न केन्द्र परिसरमा आरादायी सोफा सहितको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री