तनहुँ । चैत १३
नवलपुरको कोखेटार र तनहुँको ऋषिङ गाउँपालिकाको मधुवन जोड्ने कालीगन्डकी नदीको गडगडीघाटमा निर्माणाधिन पक्की पुल निर्माणमा ढिलाई भएपछि स्थानीयहरु सडक विभाग पुगेका छन् । नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ४ मधुवन जोड्ने पक्की पुल निर्माणका लागि ९ वर्ष लाग्दा पनि काम सम्पन्न नभएपछि स्थानीयहरु सडक विभाग पुगेका हुन् ।



पटक पटक निर्माण कम्पनी र कार्यालयलाई अनुरोध गर्दा कामले गति लिन नसकेपछि विभागलाई गुर्हान परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् नवलपुरका युवा नेता विद्रोही गिरीले बताए । पुल सेक्टर कार्यालय पोखराका कार्यालय प्रमुख ज्ञानेन्द्र कनौली, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी सहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुलको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिएको टोलीका युवा नेता गिरीले जानकारी दिए ।
२०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौता भई लुम्बिनी बिल्डर्स–नागर्जुन–स्वच्छद जेवीले काम थालेका थिए । २०७७ बैशाख २८ गते काम सक्नुपर्ने सम्झौता रहेको थियो । समयमा काम नसकेपछि थपिएको म्याद समेत २०८२ चैत्र ७ गते सकिदैछ ।
५० प्रतिशत भौतिक र झण्डै हाराहारीमा बित्तिय प्रगति भए पनि काम हुन नसक्दा कार्यालय प्रमुख सहितको टोलीले महानिर्देशक पोखरेललाई भेटे गरेको हो । निर्माणमा देखिएको समस्याहल गरेर तोकिएकै समयमा काम सम्पन्न गराउने गरी विभागले निर्माण कम्पनीलाई निर्देशनदिने उनले टोलीलाई आश्वासन दिए ।
हरेक हिउँदमा दुई चार जना मजदुर केही समय राख्ने र बर्षा लाग्यो भन्दै काम नगर्दा पुलको निर्माण हुन नसकेको हो । कुनै पनि बहानामा अब निर्माण रोकिन्न महानिर्देशक पोखरेल भने–‘निर्माण रोकिने समस्याहुदैन काम हुन्छ ढुक्क हुनुहोस् हाम्रो निगरानी हुन्छ ।’
२२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउनपर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ त्यसको पनि जमिनमुनीको भागको काम सकिएकाले निर्माण पक्षले ध्यान दिँदा काम सहजहुने पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले जानकारी दिए । काम अनुसारको भुक्तानीको कुनै समस्या छैन तर बहाना बनाएर निर्माण रोक्न भएन उनले भने । बुलिङटार भित्र थालनी भएका योजनाहरु सम्पन्न गर्न पहिलो प्राथमिकताका साथ लागिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले बताए ।
निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन पुल ९ वर्षदेखि अधुरो रहेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि पक्की पुलको काम अलपत्र परेको हो । काम अलपत्र पारेका ठेकेदारले १३ करोड भुक्तानी लिइसकेको छ । उक्त पुल २०७२ मा निर्माण सुरु गरिएको थियो । पुल निर्माण सुरु गरेको ९ वर्षमा ४५ प्रतिशत मात्र काम भएको पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले बताए ।
ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए । पुल निर्माणका लागि पटक–पटक ठेकेदार कम्पनीलाई लिखित रूपमा पत्र पठाउँदासमेत अटेर गरेको कनौलीको भनाइ छ । ‘हालसम्म ४५ प्रतिशत काम सकिएको छ । १३ करोड भुक्तानी भने लगिसकेको छ,’ उनले भने, ‘पुल निर्माणका लागि तारन्तार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दासमेत टेर्दैनन् ।’
पुल निर्माणका लागि संयुक्त रूपमा काम गर्ने गरी ३ कम्पनीले ठेक्का लिएका थिए । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले काम पूरा हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर कनौलीको भनाइ छ । २६ करोड ८२ लाख रुपैयाँ लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् ।
काम थालेको ९ वर्षमा कालीगण्डकी नदीमा ४ वटा मात्र खम्बा ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुल निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘महेन्द्र राजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ आउजाउ गर्न यो पुल आवश्यक पर्छ ।
कालीगण्डकी करिडोरअन्तर्गतको बुलिङटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट एक सय मिटर उत्तरमा रहेको कालीगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखेभन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।
न्वलपुरको सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुदै पोखरा पुग्ने यात्रुका लागि यो पुलनिर्माण हुँदा यात्रामा १५ किलोमिटरबाटो छोटो हुन्छ । नवलपुरलाई प्रदेश राजधानी पोखरालाई जोड्न पनि यो पुल निर्माण महत्वपूर्ण रहेको छ ।