तनहुँ । चैत १४
भानु नपा–१ साजबोटेमा बुधबारबाट खाद्यान्न मिल संचालनमा आएको छ । स्थानीमाई खाद्यान्न मील, तथा तनहुँ कृषि स्टोरको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानले एक कार्यक्रमका बीच उद्घाटन गरे । उक्त अवसरमा अध्यष चुमानले उक्त अवशरमा कृषि पेशालाई मर्यादित पेशा बनाउनका लागि वास्तविक किसानलाई उत्पादनमा आधारित अनुदान र सम्मान दिनु पर्नेमा जोड दिनु पर्ने बताए । उनले छिमेकी पालिकाहरुले साझेदारीमा धेरै कुरामा नागरिकलाई सेवा दिन सकिने समेत उल्लेख गरे ।



उक्त कार्यक्रममा भानु नपा १ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बन्दिपुर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु घनश्याम श्रेष्ठ देवान, मानकाजी श्रेष्ठ लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।
खाद्यान्न मिलका संचालक भानुभक्त पोख्रेलले ८ जनाको साझेदारीमा २५ लाखको लागतमा अत्याधुनिक प्रविधियुक्त मील भएकाले सेवाग्राहीलाई सहज हुने भन्दै आगामी चैत्र १५ गते सुक्रबार सम्म निशुल्क सेवा लिन सकिने जानकारी दिए । उनले खाद्यान्न सँगै कृषि स्टोर पनि रहेकाले कृषि सँग सम्बन्धित सामग्री पनि विक्री वितरण गरिने भन्दै कोशेली घरको रुपमा विकास गरिने बताए ।












