घुमाउनेको पुल तत्काल निर्माण सुरु गर्न संघर्ष समितिको माग

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १३

बुद्धसिंह मार्गको घुमाउनेको पुल लगायत अन्य विभिन्न पुलहरु निर्माणमा दवाव दिने उद्देश्यले गठित संघर्ष समितिले उक्त घुमाउनेको पुलको तत्काल निर्माण कार्य सुरु गर्न माग गरेको छ । संघर्ष समितिले विज्ञप्ति प्रकाशित गरि उक्त पुलको निर्माण कार्य यथाशिघ्र सुरु गर्न माग गरेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन बिचको कम दुरीमा सजिलै आवत जावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारयणघाट सडकमा जोड्ने घुमाउनेघाटमा पुल निर्माणको लागि २०७१ अषाढमा सडक डिभिजन कार्यालय तनहुँ र हेटौडा स्थित मृत संजीवनी निर्माण कम्पनी बिच सम्झौता भएको थियो ।

करिब ११ बर्ष अगाडी सम्झौता अनुसार १०५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौडाई डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३० प्रतिशत उल्लेख विवरणमा प्रगति देखिन्छ । यही कार्यले गति पाउने हो भने पुल सम्पन्न हुन करिव ३३ वर्षा समय लाग्ने देखिन्छ अर्थात पुल निर्माण हुदैन भन्ने अर्थ लाग्ने संघर्ष समितिले जनाएको छ ।

तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिका अन्तर्गत वडा नं. २.३ र ४ का जनताहरुमा समेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा करिव २३ किमि कम दुरी पर्दछ । विकासको दृष्टिकोणले, जनताको चाहाना, भावना र आवश्यकताको आधारले पनि यो पुल निर्माण हुन अति जरुरी रहेको भन्दै संघर्ष समितिले विज्ञप्तिमा यस पुलको निर्माण कार्यमा ढिला सुस्ती भएको कारण संघर्ष समिति गठन गरिएको जनाएको छ ।

उक्त समितिले गत पौष २७ गते घुमाउनेघाटमा पहिलो चरणको कार्यक्रम सम्पन्न गर्दै तत्पश्चात माघ १४ गते जिल्ला प्रशासन कार्यालय तनहुँ, पूर्वाधार विकास कार्यालय तनहुँ र सडक डिभिजन कार्यालय तनहुँमा बृहत जनसहभागिता सहितको सामूहिक रुपमा गम्भिर ध्यानाकर्षण पत्र बुझाउँदा समेत खासै कामले गति लिन नसकेपछि पुनः चैत्र ६ गते सडक डिभिजन कार्यालय प्रमुखसँगको छलफलद्वारा पुल निर्माण सम्पन्न हुने कुनै तथ्यगत आधारहरु नहुनुको मुल कारण निर्माण कम्पनीसँगको सम्झौता रद्ध गरि कारवाही प्रक्रियामा लैजान कानूनी जटिलता भएकोले पुल निर्माण हुन नसकेको निष्कर्ष सँगै उक्त पुल निर्माणमा भन्दा नयाँ योजना सहित नयाँ पुल निर्माणमा नयाँ ढङ्गले बजेट विनियोजन गर्न सके यस क्षेत्रका जनताहरुको अपेक्षित विकासप्रतिको न्याय प्राप्तिसगै विकल्पको खोजिमा यहाँको अहम भूमिका पहल र सहायताको निमित्त संघर्ष समितिले अनुरोध गरेको छ ।

संघर्ष समितिका संयोजक सिद्धान्त गर्जामगर र सचिव कमल गुरुङले जारी गरेको ध्यानाकर्षण पत्रमा घुमाउने पुल बाहेक बुद्ध सिं मार्ग सञ्चालनका निमित्त आवश्यक अन्य पुलहरुमध्ये सुडे खोला, ढाँड खोला, खानीखोला, बाखेखोला, भुत खोला, बन्दिपुर ६ र देवघाट ३ जोड्ने मोटरेबलपुल र व्यास १४ र देवघाट २ जोड्ने मोटरेबलपुल समेत तत्काल आवश्यक भएकोले अन्य पुल निर्माण योजनामा पनि पहल गर्न अनुरोध गरिएको छ ।

यसैविच उक्त घुमाउनेको पुल निर्माण कार्य सुरु गर्न अन्यथा उक्त स्थानमा नयाँ पुलको योजना पार्न माग गर्ने उद्देश्यले संघर्ष समितिका पदाधिकारीहरुले राष्ट्रपती, प्रधानमन्त्री, अर्थमन्त्री तथा भौतिक पुर्वाधार तथा यातयात मन्त्रीलाई भेट गर्ने भएका छन् । समितिका संयोजक मगर सहितका पदाधिकारीहरुले विहिबार काठमाडौं गई उनीहरुलाई भेटी पुल निर्माण कार्य सुरु गर्न दवाव दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक