देवघाटको बगन्दीमा एमालेको टोल कमिटि गठन

Devghat Online

शेयर गरौ

देवघाट, चैत १६

देवघाट गाउँपालिका वडा नम्बर ५ को बगन्दी टोलमा नेकपा एमालेको टोल कमिटि गठन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा मेख राज गुरुङको अध्यक्षतामा एमालेको टोल कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्ष श्रीमाया गुरुङ, सचिव युवराज गुरुङ, उपसचिव ओम कुमार थापा र उपसचिव टक बहादुर थापा तथा सदस्यहरुमा सीता गुरुङ, बुद्धसिं थापा, अर्जुन थापा, बुद्धिराज गुरुङ, रनमाया गुरुङ र रविलाल गुरुङ चयन भएका छन् ।

नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिका अध्यक्ष विकास ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला सदस्य केशवचन्द्र न्यौपानेले २०७४ साल नेकपा एमालेको नेतृत्वमा स्थानिय सरकार हुँदा बगन्दीमा पहिलो पटक सडक खनिएको, विजुलीको सुविधा पु¥याईएको र झोलुङ्गे पुल पनि बनाईएको बताए ।

उक्त कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य कमला देवकोटा, देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङ, वडा कमिटिका उपाध्यक्ष दिपक थापा लगायतले बगन्दीको विकासमा एमालेले खेलेको भुमिकाको बारेमा जानकारी गराएका थिए ।

नेकपा एमाले देवघाट गाउँपालिका वडा नम्बर ५ को अधिवेशनपछि वडा कमिटिले वडा नम्बर ५ मा रहेको २१ वटै टोलटोलमा पुगी सदस्य बिस्तार गर्दै त्यहाँको समस्याहरुलाई पहिचान गर्दै समाधानकोलागि पहल गर्ने वडा कमिटिका अध्यक्ष ढकालले बताए । उक्त कार्यक्रमको सन्चालन वडा कमिटिका सचिव विष्णु बहादुर सिन्जालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय