बाढीले क्षती भएको बगन्दी जाने झोलुङ्गे अझै मर्मत भएन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत १६

त्रिशुली नदीमा गत असोजमा आएको बाढीले क्षती पुगेको भरतपुर महानपा–२९ र तनहुँको देवघाट गाउँपालिका–५ बगन्दी जोड्ने झोलुङ्गे पुलको अझै मर्मत भएको छैन । बाढिले उक्त पुलको दुवै तर्फको लठ्ठा चुडाएको छ । जसको कारण सर्वसाधरण निकै जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले उक्त पुलको बारेमा देवघाट गाउँपालिका र भरतपुर महानगरपालिकामा जानकारी गराएपनि हालसम्म मर्मत नभएको बताइन् । सो पुल दुवै तर्फको लठ्ठा चुडिएपछि बिच भागमा पुरै छड्के भएको र मान्छेहरु हिड्दा निकै हल्लिने वडा सदस्य गुरुङले बताइन् ।

सो पुलको लठ्ठा बाटनै बगन्दी खानेपानको पाइप लगिएको हुँदा पुलमा झन भार परेको उनले बताइन् । पानीको पाइपलाई बैकिल्पक माध्यमबाट लैजान अनुरोध गरिएपनि सुनुवाई नभएको उनले बताइन् । उक्त पुल कुनैपनि समयमा चुडिन सक्ने खतरा रहेको भन्दै गुरुङले उक्त पुललाई जतिसक्दो चाँडो मर्मत नगरिए कुनैपनि बेला ठुलो दुर्घटना हुनसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो