विष्णु मगर । देवघाट, चैत १६
देवघाट गाउँपालिकाको सहयोगमा देवघाट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आइतबार देवघाटमा अभिभावक शिक्षा एव शिक्षक सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलवहादुर थापाले हरेक बाबू आमाले आफ्नो छोरा छोरी कुन दिशा तिर गको छ भन्ने कुरा वुझ्न जरुरत रहेको बताए । हरेक बावु आमाले विद्यालय पठाउने अनि स्कुलले राम्रो पढाएन, स्थानिय सरकारले केही गरेन भन्ने प्रवृति रहेकोले छोरा छोरी झन झन विग्रिदै गएको अध्यक्ष थापाले बताए । आज स्कुलको शिक्षकले के पढायो आफ्नो छोरा छोरी कस्तो छ कस्तो पढाइ छ भन्ने कुरा स्वयम बुवा आमाले चासो दिने हो भने हरेक छोरा छोरी सहि बाटो जाने र असल छोरा छोरी हुने असल विद्यार्थी हुने थापाले बताए । यसकारण शिक्षकलाई, व्यवस्थापन समितिलाइ दोष दिएर मात्र नहुने परिवारिक सस्कार पारिवारिक अबस्थाले पनि विद्यार्थीमा ठुलो प्रभाव पार्ने थापाले बताए ।
सो कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक लक्ष्मण भण्डारीले आफ्ना छोरा छोरीलाइ कस्तो सस्कार दिन पर्छ भन्ने विषयमा बुवा आमा र शिक्षकहरुको ठुलो हात रहेको बताए । पढाइमा राम्रो नम्बर ल्याएपनि ति छोरा छोरीमा व्यवहारिक ज्ञान र नैतिक शिक्षा छैन भने त्यो छोरो छोरी फेल भए सरह हुने भण्डारीले बताए । यस कारण बुवा आमाले शिक्षा सँगसँगै व्यवहारिक शिक्षा र नैतिक शिक्षा दिन पर्ने भण्डारीले बताए ।
उक्त कार्यक्रम देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जय कृष्ण सुवेदीको अध्यक्षतामा भएको थियो ।












