राप्रपाद्वारा दमौलीमा मसाल जुलुस, केही कार्यकर्ता पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले आइतबार साँझ दमौलीमा मसाल जुलुस निकालेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपाले देशभर मसाल जुलुस निकालेको हो ।

राप्रपा केन्द्रीय समितिको वैठकले मिश्र र राणालाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ । राप्रपाले आइतबार साँझ दमौलीमा मसाल जुलुस निकालेको हो ।

उक्त प्रर्दशनको क्रममा प्रहरीले राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्ती सहित आधा दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको