शैक्षिक सुधारका लागि कन्यादेवी माविमा अन्तरक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १९

कन्यादेवी मावि आँबुखैरेनी–६, हिलेखर्क तनहुँको आयोजनामा शैक्षिक सुधारका लागि बृहत अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रविण गुरुङको सभापतित्व, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का वडाअध्यक्ष दिलिप गुरुङको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

‘गाउँ बचाउन विधालय जोगाऔं’ भन्ने मुल नाराका समग्र शैक्षिक सुधारका लागि बिधालय प्राङ्गणमा विभिन्न सरोकारवाला र अभिभावकहरुबीच बृहत अन्तक्रिया कार्यक्रम गरिएको विद्यालयका प्रअ सुर्यमान गुरुङले जानकारी दिए । उक्त अन्तक्रिया कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले गाउँ खाली हुनुको मुख्य कारण विद्यालय भएको बताउदै विद्यालय बाँकी रहेन भने एक दिन गाउँको अस्तित्व समाप्त हुने बताए ।

अध्यक्ष चुमानले गाउँको विद्यालयमा दिनानुदिन विद्यार्थीहरु संख्या घट्दै गएर शहर केन्द्रित हुदै गएकोले आउँदो बैशाखमा बाहिर गएका ५० जना भन्दा बढी विद्यार्थीलाई गाउँ फर्काउन सकिएन भने विद्यालय र गाउँका लागि गरिएका जुन सुकै विकास निर्माण कार्यहरु व्यर्थ हुने बताए ।

अहिले गाउँपालिका सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति पहिलो प्राथमिकताका साथ लागि परेको र यस अभियानमा साथ सहयोग गर्नुहुन अध्यक्ष चुमानले वडा नम्बर ५ र ६ का वडाबासी लगाएत सम्पुर्ण आँबुखैरेनीबासीलाई आग्रह गरे ।

कार्यक्रममा वडा अध्यक्ष दिलिप गुरुङ्ग, विद्यालय व्यवस्थाप समितीका अध्यक्ष प्रविण गुरुङ, विधालयका प्रधानाध्यापक सुर्यमान गुरुङ, विद्यालयका सहायक प्रधानाध्यापक खेमराज गुरुङ, नवज्योती परिवाल क्लबका अध्यक्ष भुपाल गुरुङ, पर्यटन व्यवसायी कुमार गुरुङ, शिक्षिक पार्वती अधिकारी लगाएतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य