तनहुँ । चैत १९
सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिकासंगको समन्वयमा वडा नम्बर १२ फिरफिरे स्वास्थ चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । शुक्लागण्डकी १२ लगायत यस वरपरका वडाहरुको अनुरोधमा सूर्य नेपाल प्रालिले कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत एम्बुलेन्स खरिदगरि हस्तान्तरण गरिएको सूर्य नेपाल प्रालि तनहुँका मानव संसाधन प्रमुख अन्जन दुवाडीले जानकारी दिए । प्रदेश शभा सदस्य श्यामराजा महतको प्रमुख आतिथ्यतामा फिरफिरेमा आयोजित कार्यक्रममा सो एम्बुलेन्स प्रदान गरिएको हो ।



सो अवसरमा सांसद महतले एम्बुलेन्सबाट शुक्लागण्डकी नगरपालिका १२ लगायत आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने बताए । उनले सूर्य नेपालले एम्बुलेन्स मात्र नभई जीवन दिएको उल्लेख गरे । सूर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले एम्बुलेन्सको आवश्यक हेरचाह, संरक्षण, मर्मत संभार तथा यथोचित उपयोग हुनेमा सूर्य नेपाल प्रालि विस्वस्त रहेको बताए । उनले भबिश्यमा समेत शुक्लागण्डकी नगरपालिका संगको सहकार्यमा बिभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्न सूर्य नेपाल प्रालि सकारात्मक रहेको जानकारी गराए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका १२ को अध्यक्ष फिर्फिरे स्वास्थ शाखा प्रमुख, सूर्य नेपाल प्रालि तनुहँका प्रतिनिधिहरु, समाजसेवी तथा पत्रकारहरुको उपस्थिती थियो । कम्पनीका मानव संसाधन प्रमुख अन्जन दुवाडीले सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत करिव २२ लाख मूल्यको बि टाइपको एम्बुलेन्स हस्तान्तरण गरेको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्वका उपक्रमहरु सूर्य नेपाल आसा सूर्य नेपाल प्रकृती, सूर्य नेपाल आधारसिला र सूर्य नेपाल गाथा को उदेश्य बमोजिम दिगो बिकासलाई आत्मसाथ गर्दै कम्पनीले यस क्षेत्रमा बिभिन्न परियोजनाहरु संचालन गरिरहेको र उक्त परियोजना बाट स्थानियस्तरमा प्रत्यक्ष र अप्रत्यक्ष गरि स्थानीय लाभान्वित भएको जानकारी दिए ।
सूर्य नेपाल प्रालिले यस क्षेत्रमा स्कुल निर्माण, सडक, बाटोघाटो, खानेपानि, एम्बुलेन्स, स्वास्थ्य सिवीर, नदि नियन्त्रण, दमकल, शैक्षिक सामाग्री बितरण तथा टिच फर नेपाल संगको सहकार्यमा बिभिन्न सामुदायिक स्कुलहरुमा अग्रेजी, गणित, बिज्ञान र कम्प्यूटर बिषयका फेलो शिक्षक समेत उपलब्ध गर्दै आएको छ ।












