शुक्लागन्डकीका ब्राम्हणलाई कर्मकाण्ड तालिम

Devghat Online

शेयर गरौ

दमौली, चैत २०

विश्व हिन्दु महासंघ शुक्लागण्डकी नगर समितिको आयोजनामा कर्मकाण्ड तालिम दुलेगौंडामा मंगलवार शुरु भएको छ । नगर क्षेत्रमा पुरोहित उत्पादन गरेर धर्म संरक्षणकालागि सो तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटनका अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का अध्यक्ष राज कुमार वाग्लेले धर्म संरक्षणका लागि युवाहरु एक भएर जागरुक हुनुपर्नेमा जोड दिए । समाजसेवी एवम् अगुवा ठाकुर प्रसाद शास्त्रीले पछिल्लो समयमा विभिन्न कारणले हिन्दु धर्ममाथि आक्रमण हुन थालेको भन्दै ओमकार परिवार गोलबन्द भई सामना गर्नुपर्ने उल्लेख गरे ।

ब्राम्हण समाज शुक्लागण्डकीका अध्यक्ष ऋषिराम पौडेलले आफ्ना सन्ततीलाई सनातनसँगै संस्कार सिकाउनुपर्नेमा जोड दिए । वडा नं. ४ का निवर्तमान अध्यक्ष शिव कुमार श्रेष्ठले हिन्दु धर्म संरक्षणकोलागि जनप्रतिनिधीको महत्वपूर्ण भूमिका रहने बताउदै यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर कार्य समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक दिव्यरमण पौडेल, महासंघ शुक्लागण्डकीका सहसचिव धर्मराज पौडेल लगायतले बोलेका थिए । तालिममा करिव २ दर्जनको सहभागिता रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

काठमाडौं । बैशाख ३१ सम्पत्ति छानबिन आयोगले दायरामा परेका सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण