ट्रेलमेकर एजुकेशनल कन्सल्टेन्सी अब चितवनमा, विदेश अध्ययनको भरोसायोग्य गन्तव्य बन्दै

Devghat Online

शेयर गरौ

चितवन । चैत २८

विद्यार्थी तथा अभिभावकहरूका लागि एक सुखद खबर ! ट्रेलमेकर एजुकेशनल कन्सल्टेन्सीले अब आफ्नो सेवा क्षेत्र विस्तार गर्दै रत्ननगर–२, टाँडी चोक, चितवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अब चितवन र आसपासका क्षेत्रका कलेजहरुले विदेश अध्ययनसम्बन्धी सम्पूर्ण परामर्श सेवा आफ्नो घर नजिकै टाँडी चोकमै सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

ट्रेलमेकरले विगत लामो समयदेखि विदेशमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने विद्यार्थीहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । हामी विश्वविद्यालय छनोटदेखि आवेदन प्रक्रिया, छात्रवृत्ति परामर्श, भिसा प्रक्रिया तथा प्रि–डिपार्चर ओरेन्टेसनसम्म सम्पूर्ण मार्गदर्शन प्रदान गर्दछौं ।

टाँडी चोक शाखाबाट अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान लगायतका प्रमुख शैक्षिक गन्तव्यहरूबारे विस्तृत जानकारी लिन सकिन्छ । यस शाखामा अनुभवी काउन्सिलरहरूद्वारा तपाईंको रुचि, योग्यता र लक्ष्य अनुसार उपयुक्त विश्वविद्यालय र देशको छनोटमा मद्दत गरिन्छ ।
त्यसैगरी आइइएटिस् तथा पिटिए तयारी गरिरहेका विद्यार्थीहरूका लागि अनुभवी प्रशिक्षकहरूमार्फत नियमित कक्षा, अभ्यास परीक्षा, र व्यक्तिगत गाइडेन्स उपलब्ध गराइएको छ । हाम्रा तयारी कक्षाहरूले विद्यार्थीहरूलाई उच्च स्कोर प्राप्त गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछन् ।

यदि तपाईं वा तपाईंको साथीभाइ विदेश अध्ययनको सपना देखिरहनु भएको छ भने, आजै ट्रेलमेकर एजुकेशनल कन्सल्टेन्सी, टाँडी चोक शाखामा सम्पर्क गर्नुहोस् । योग्य र अनुभवी काउन्सिलरहरू, उत्कृष्ट तयारी कक्षाहरू, र भरपर्दो सेवाका लागि ट्रेलमेकर तपाईंको विश्वासिलो साथी हो ।

विदेशी शिक्षा यात्राको सुनिश्चित र सफल सुरुवातका लागि, ट्रेलमेकर सम्झनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र