गण्डकी कोटिहोम महायज्ञमा आजदेखी विश्वकै कान्छी भागवत वाचिका पाण्डेयले कथा प्रवचन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २९

श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गतेबाट कथा प्रवचन सुरु हुने भएको छ । विश्वकै कान्छी भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा आज चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छिन् ।

महायज्ञ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

यसैबीच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् ।

बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । अहिले कोटिहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको