हरिहर बचत तथा ऋण सहकारीको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । चैत २९

देवघाट गाउँपालिका–५ स्थित हरिहर बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान एव भित्तेपात्रो विमोचन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले हरिहर बचत तथा ऋण सहकारी सस्थालाई ५ वटै वडालाइ समेट्दै अगाडि बढ्न पर्ने सुझाव दिए । उनले शिक्षा स्वास्थ र कृषि क्षेत्रमा पनि लगानी गर्न सहकारीलाई आग्रह गरे ।

सहकारी सस्थाका अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, नेकपा एमाले जिल्ला सदस्य शुकुलाल गुरुङ, सहकारीकी शिक्षा तथा स्वास्थ उप–समितिका सदस्य माया शर्मा, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विनोद सारु मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन सहकारीका सचिव अनिल मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो