नयाँ वर्षको पहिलो दिन तनहुँका धार्मिक तथा पर्यटकीय स्थलमा सर्वसाधरणको घुइँचो

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा सर्वसाधरणको निकै घुइचो लागेको छ । जिल्लाको बन्दीपुर तथा मानुङकोट लगायतका पर्यटकीय स्थल तथा देवघाट, छाब्दीबाराही तथा ढोरबाराही लगायतका धार्मिक स्थलमा हजारौं सर्वसाधरणको घुइचो लागेको थियो ।

ति मध्ये बन्दीपुर र छाब्दीबाराहीमा भने अत्याधिक भिड लागेको थियो । छाब्दीबाराहीमा घन्टौ लाममा लागेर मात्र दर्शन गर्ने पालो परेको छाब्दी बाराही विकास कोषले जनाएको छ । उक्त मन्दिरमा अहिलेसम्मकै सबैभन्दा ठुलो भिड लागेको कोषका अध्यक्ष थानबहादुर थापाले बताए ।

यसैगरि बन्दीपुरमा जारी मौलिक रैथाने खाना महोत्सवमा पनि हजारौं सर्वसाधरणको उपस्थिती रहेको बन्दीपुर भ्रमण वर्ष २०२५ को सचिवालयका संयोजक बैंश गुरुङले बताए ।

शुक्लागण्डकी–९ मा अवस्थित ढोरबाराही मन्दिरमा सोमवार विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो । नयाँ वर्षमा यस मन्दिरमा दर्शनकोलागि भक्तजनको घुइँचो लागेको हो । देशका विभिन्न स्थानबाट भक्तजनहरु पुजाआजाकालागि आएको वडा अध्यक्ष बाबुराम पुलामीले जानकरी दिए ।

सो मन्दिर दुलेगौडाबाट करिव ५ किलोमिटर टाढा रहेको छ । मन्दिरमा तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ्, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् । प्रत्येक आधा घण्टामा रहस्यमय ढङ्गले भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरु बताउछन् । प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको छ ।

नयाँ वर्षको पहिलो दिन सार्वजानिक बिदा भएको कारणले पनि सर्वसाधरणहरु घुमफिर तथा मन्दिरको दर्शन गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र