बन्दीपुरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

नयाँ वर्ष २०८२ को अवसरमा तनहुँको ऐतिहासिक एवं पर्यटकीय नगरी बन्दीपुरमा आयोजित १२ औं सांस्कृतिक तथा मौलिक सडक खाना महोत्सव अन्तर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा आ–आफ्नो सांस्कृतिक एवं मौलिक नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रतियोगितामा पवित्रा माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भयो भने दीपशिखा एकेडेमी दोस्रो र मनास्लु बोर्डिङ स्कुल तेस्रो स्थानमा रहे । त्यस्तै, कालिका माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। पहिलो स्थान हासिल गर्ने टोलीलाई नगद रु १० हजार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई नगद रु ७ हजार प्रमाणपत्र र ट्रफी, तेस्रो स्थान प्राप्त गर्ने टोलीलाई नगद रु ५ हजार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । साथै, सान्त्वना पुरस्कारस्वरूप नगद रु २ हजार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कला र प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको बताए । उनले स्थानीय तहले आयोजना गरेको यस्तो कार्यक्रमले बन्दीपुरको मौलिक संस्कृति र पहिचान उजागर गर्न उल्लेखनीय योगदान पु¥याएको बताए ।

उनले कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै विद्यार्थीहरूको प्रतिभा प्रोत्साहन गर्दै आगामी दिनमा अझ व्यापक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो