बोलेरो र स्कुटर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु, एक जना घाईते

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।

आँबुखैरेनीबाट मग्लिङ्ग तर्फ जादै गरेको ना. ४ च. ८३८० नम्बरको गाडी र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग. १६ प. १५७० नम्बरको स्कुटर दुर्घटना एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी –३, का २० बर्षका रुपेश गुरुङ्ग(गेन्जी)को चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्कुटर पछाडी सवार आँबुखैरेनी –३, का १९ वर्षका रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो