तनहुँ । बैशाख ३
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसका बिद्यार्थीका लागि बस सेवा उपलब्ध गराउने भएको छ ।



आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, क्याम्पस प्रमुख भवदत्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र आँबुखैरेनी क्याम्पसका स्ववियु अध्यक्ष निशान मगरले एक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरी यही २०८२ वैशाख ७ गते आइतबारदेखि पालिकाले क्याम्पसका विद्यार्थीहरूका लागि बस सञ्चालनमा ल्याउने भएको हो ।
आँबुखैरेनी गाउँ पालिकाकै एक मात्र उच्च शैक्षिक संस्थाको रूपमा रहेको आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूले यातायातको समस्या भोग्दै आइरहेको र पालिकाको यस कार्यले उनीहरूको पठनपाठनमा निकै सहज हुने भएपछि विद्यार्थीहरू खुसी देखिएका छन् ।